Thursday, March 22, 2012

नेपाली पद्मपाणी बुद्धको मुर्ति न्युयोर्कमा लिलाम

नेपालबाट अमेरिका ल्याइएको भनिएको १३ औं शताब्दीमा निर्मित ठानिएको पद्मपाणी बुद्धको मुर्ति न्युयोर्कमा आज भएको एक लिलाम बढावढमा २४ लाख ९० हजार डलरमा विक्रि भएको छ । वाल स्ट्रीट जर्नलका अनुसार क्रिष्टीज भनिने एउटा कला संग्रहकर्ता कम्पनीले लिलामीमा राखेको उक्त मुर्तिलाई विक्रेताले अनुमान गरे भन्दा निकै बढि रकम तिरेर नाम नखुलेको एक खरिदकर्ताले किनेका थिए ।

बुद्धको विभिन्न स्वरुपहरु मध्ये एक कमलफुलधारी स्वरुप मानिने पद्मपाणी बुद्धको उक्त मुर्तिको १८ इन्च अग्लो छ र बुद्धको काँधमा कमलको फुल फुलेको छ । नेपालबाट ल्याइएको यस्तै बोधिसत्व, पद्मपाणी लोकेस्वराको ठानिएको मुर्ति न्युयोर्कको ‘मेट्रोपोलिटेन म्युजियम अफ न्युर्योक’ मा राखिएको देख्न सकिन्छ । जुन करिब ९ औं शताब्दी तिर निर्मित भनेर भनिएको छ ।

एउटा गरिबदेशको अमुल्य साँस्कृतिक धरोहर मानिएको यस्ता बस्तुहरु धनी मानिसका सजावटका साधन बनिरहेका छन् । नेपालको अमुल्य धरोहर ठानिएका यस्ता मुर्तिहरु अमेरिका र युरोपियन मुलुकका विभिन्न संग्राहलयहरुमा देख्न सकिन्छ तर खुलमखुल्ला यसरी विक्रि भइरहेको भने विरलै सुन्न सकिन्छ ।



नेपालको कमजोर सुरक्षा व्यवस्था, भ्रष्ट प्रशासन र भन्सारका कर्मचारीहरु र उच्च राजनैतिक नेतृत्वको मिलेमतोमा यस्ता अमुल्य निधीहरु विदेशीएका हुन भन्ने कुरामा शंकै छैन् । केहि जानकारहरुका अनुसार यसरी बेचिने मुर्तिहरु अनाधिकृत रुपमा बेचिएको पाइएमा सम्बन्धित देशमा नै फिर्ता गर्ने परम्परा छ । त्यसरी भारत तथा इजिप्टबाट ल्याइएका कयौं पुराना मुर्तिहरुलाई सोहि देशहरुमा फर्काइएको छ रे । यस्ता तपाईहरुसँग केहि विचारहरु छन् यस्ता मुर्तिलाई नेपाल फर्काउन ?

No comments:

Post a Comment