Tuesday, May 3, 2011

"यि कुराहरु नै मेरा ठुला आदेशहरु हुन्"

शिक्षकहरु, मलाई थाहा छ, मेरो छोराले सबै मनिस सत्य र न्यायका पक्षमा हुँदैनन भन्ने कुरा सिक्नुपर्छ । तर साथमा उसलाई हरेक खलनायकको भिडमा एउटा नायक हुन्छ र हरेक स्वर्थी राजनीतिज्ञको भिडमा एउटा समर्पित नेता पनि हुन्छ भन्ने पनि सिकाउनुहोला । उसलाई शत्रुभित्र पनि मित्र हुन्छन भन्ने सिकाउनुहोला ।
 

मलाई थाहा छ, सिकाउन लामो समय लाग्छ तर तपाईंहरुले सक्नुहुन्छ भने उसलाई सित्तैमा पाइएको वा भेटिएको एउटा डलरभन्दा कमाइएको एक डलर धेरै मुल्यवान हुन्छ भन्ने पनि सिकाउनुहोला । उसलाई हार्नको साथै जितमा खुशी हुन पनि सिकाउनुहोला । उसलाई इर्ष्याबाट परै रहन र सक्नुहुन्छ भने मन्द मुस्कानको रहस्य पनि बुझाउनुहोला। उसलाई तिमी सक्छौ भने किताव पढेर आनन्दित होउ तर सँगसङ्गै आकाशका चराहरु, घाममा निस्किएका मौरिहरु, फूल र हरिया पहाडका रहस्यहरुबाट पनि आनन्दित हुन सिकाउनुहोला । उसलाई स्कुलमा चिट गर्नु भन्दा फेल हुनु जाती भन्ने पनि सिकाउनुहोला । साथै, उसलाई सबैले "गलत" भने पनि आफ्नै बिचार प्रती श्रद्धा राख्न सिकाउन र नरम ब्याक्तिसँग नरम र कठोर ब्याक्तिसँग कठोर बन्नसमेत् सिकाउनुहोला ।

उसलाई सबैको कुरा सुन्न र सुनेका सबै कुरालाई सत्यको कसिमा जाँचेपछी साँचो निस्किएका कुरालाई मात्र लिन सिकाउनुहोला । साथै उसलाई दु:खमा हाँस्न र आँसु आउँदा लज्जाबोध नगर्न पनि सिकाउनुहोला । उसलाई धैर्यवान, शाहसी र बहादुर बन्न सिकाउनुहोला । आफूलाई ठीक लागेको अवस्थामा उर्लदो भिडका बिच पनि आफ्नो कान बन्द राखेर द्रिढतापुर्बक उभिन र संघर्ष गर्न समेत सिकाउनुहोला । साथै उसलाई बुद्धी र पौरख बढी रकम दिनेलाई बेच्न तर आफ्नो हृदय र आत्मामाथि कहिल्लेइ मुल्यसुची नटाँस्न पनि सिकाउनुहोला । उसलाई नरम तरिकाले सिकाउनुहोला तर सजिलो हुने गरी होइन किनकी आगोमा पोले मात्र फलाम राम्रो बन्छ । उसलाई आँफैप्रती उच्च प्रकारको विश्वास राख्न सिकाउनुहोला । त्यसपछी नै उसले मानवजातिप्रती नै उच्च विश्वास राख्नेछ । यि कुराहरु नै मेरा ठुला आदेशहरु हुन्, हेरौं तपाईंहरुले केकती गर्न सक्नुहुन्छ ।

अब्राहम  लिंकन




No comments:

Post a Comment